शनिबार १२ श्रावण २०८१
बिजनेस

इन्फिनिटी लघुवित्तको नाफा ९४.०६ प्रतिशतले बढ्दा अरु सूचकमा पनि चमक

बुधबार माघ २१, २०७७/ Wednesday 02-03-21

काठमाडौं। इन्फिनिटी लघुवित्त वित्तीय संस्था (आईएलबीएस) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको यसै अवधिमा भन्दा ९४.०६ प्रतिशतले बढेको हो।

गत वर्ष कम्पनीले ३ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको थियो। इन्फिनिटीले खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ३९.३२ प्रतिशत र ६७.३८ प्रतिशत बढाउदा नाफामा वृद्धि भएको छ।

गत वर्ष ७ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यसले यो त्रैमासमा बढाएर १० करोड ८८ लाख रुपैयाँ पुर्याएको छ। यस्तै, सञ्चालन नाफा पनि ५ करोड ३१ लाख रुपैयाँबाट बढाएर ८ करोड ८९ लाख रुपैयाँ पुयाएको छ। हालसम्म ७८ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गर्दा कम्पनीले ३ अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

यता, कम्पनीको खराब कर्जा भने १.३६ प्रतिशत बाट बढेर १.५४ प्रतिशत भएको छ। चुक्ता पुँजी २६ करोड ६ लाख रुपैयाँ रहेको इन्फिनिटीको रिजर्भ कोषमा १० करोड ७१ लाख रुपैयाँ जम्मा छ। यसको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ८४ पैसा (वार्षिक) रहेको छ भने यसको प्रतिसेयर नेटवर्थ १ सय ४१ रुपैयाँ ११ पैंसा रहेको छ। 

तपाईको प्रतिक्रिया