विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३ लाख २० हजार नाघ्यो
![](https://deshdainik.com/uploads/news/images/823-1590287981corona-world2021-02-07-11-12-32.jpeg)
काठमाडौं । कोरोनाका कारण विश्वका विभिन्न देशका नागरिकले ज्यान गुमाइरहेको छन् भने निको हुनेको संख्या पनि बढ्दै गइरहेको छ ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या १० करोड ६३ लाख ४२ हजार ९ सय १ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३ लाख २० हजार ४ सय ४५ पुगेको छ ।
त्यस्तै हालसम्म विश्वमा ७ करोड ७९ लाख ८० हजार १ सय ६४ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।
त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ४ लाख ७३ हजार ५ सय २८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ करोड ७५ लाख १९ हजार ६ सय ३६ पुगेको छ । त्यसैगरी निको हुनेको संख्या एक करोड ७२ लाख ६८ हजार ५ सय १७ पुगेको छ ।
त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २ लाख ३१ हजार ६९ पुगेको छ भने संक्रमितको संख्या ९४ लाख ९७ हजार ७ सय ९५ पुगेको छ ।
तपाईको प्रतिक्रिया