सोमबार २८ असोज २०८१
खेलकुद

नेपाल र भुटानकाे उपाधी भिडन्त आज हुँदै

नेपाल पाँचाै पटक र भुटान पहिलाे पटक सागकाे फाईनलमा
मंगलबार मङ्सिर २४, २०७६/ Tuesday 12-10-19

काठमाडाैं । १३ औं दक्षिण एसियाली खेलकुद सागकाे अन्तिम दिन आज पुरुष फुटबलकाे उपाधी भिडन्त नेपाल र भुटान बिच हुँदैछ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेलमा पाँचाै पटक सागकाे फाईनलमा पुगेकाे नेपाल र पहिलाे पटक  फाईनलमा पुग्न सफल भुटान बिच उपाधी भिडन्त हुन लागेकाे हाे ।

बहुचर्चित खेल फुटबलमा चार बर्ष पछी नेपाल आफ्नै घरेलु मैदानमा एतिहासिक स्वर्ण पदकका लागी भिड्नेछ । आजकाे खेलमा दर्शककाे अत्याधिक उपस्थिती रहने निश्चित छ ।  यस अघि भएकाे खेलमा नेपालले भुटानलाई चार सुन्यकाे फराकिलाे अन्तरले पराजित गरेकाे  थियाे । नेपाल तिन खेलमा जित र एक खेलमा बराबरी खेल्दै जम्मा १० अंक सहित अंक तालिकाकाे शिर्ष स्थानमा रहदै उपाधी भिडन्तका लागी स्थान बनाउन सफल भएकाे हाे ।  १३ औं सागमा सबै भन्दा कमजाेर प्रामाणित भएकाे भुटानले अहिले सम्म कुनै पनी खेलमा स्वर्ण पदक जित्न सकेकाे छैन। भुटान जम्मा ६ रजत र १३ कास्य सहित अंक तालिककाे पुछारमा रहेकाे छ । नेपाल ४९ स्वर्ण ५५ रजत र ८८ कास्य सहित जम्मा १९२ पदक सहित अंक तालिकाकाे दाेस्राे नम्बरमा छ । १  सय ६४ स्वर्ण पदक सहित भारत अंक तालिकाकाे पहिलाे स्थानमा छ । 

तपाईको प्रतिक्रिया