काठमाडौं । रसुवामा करिब दुई किलो सुनसहित एक जना पक्राउ परेका छन्। प्रहरीले रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट २ किलो सुनसहित कर्मा सोनाम लामालाई पक्राउ गरेको हो ।
गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिमका ३४ वर्षीय लामालाई हिजो (बिहीबार) साँझ प्रहरीले सुनसहित पक्राउ गरेको थियो ।
अस्थायी प्रहरी पोष्ट ग्राङबाट खटिएको प्रहरीले कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार लामाले लगाएको दुवै जुत्ताभित्र लुकाई छिपाई ल्याएको उक्त धातु फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
तपाईको प्रतिक्रिया