शुक्रबार ७ मङ्सिर २०८१
राजनीति

एमालेको दाने जग्गाविरुद्धको रिट न्यायाधीशद्वय चुडाल र सुवेदीको इजलासमा

शुक्रबार मङ्सिर ७, २०८१/ Friday 11-22-24

काठमाडौं । व्यवसायी मिनबहादुर गुरुङले नेकपा (एमाले) लाई दिएको दाने जग्गाविरुद्धको रिट सुनुवाइका लागि पेशी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र शारङ्गा सुवेदीको इजलासमा उक्त रिटको पेशी तोकिएको हो ।

यसअघि नै न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले प्रक्रिया अघि नबढाउनु भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ । त्यसले निरन्तरता पाउने कि नपाउने भन्ने छलफलका लागि मुद्दाका दुवै पक्षलाई आज बोलाइएको छ ।

कीर्तिपुर नगरपालिकाको मैत्रीनगरमा १० रोपनी १४ आना जग्गामा दशैंको अष्टमीको दिन अर्थात् असोज २५ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पत्तिले भवन शिलान्यास गरेका थिए ।

तपाईको प्रतिक्रिया