शुक्रबार ९ कार्तिक २०८१
शिक्षा

इन्जिनियरिङ अध्ययन संस्थानको शुल्क वृद्धि फिर्ता भएपछि अनेरास्ववियुको आन्दोलन फिर्ता

सोमबार भदौ १८, २०८०/ Monday 09-04-23

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पसहरूमा बढाइएको शुल्क फिर्ता गर्न त्रिभुवन विश्वविद्यालय सहमत भएको छ ।

इञ्जिनियरिङ्ग अध्ययन संस्थान, कार्यन्वयन समितिको २०८०-०४-२५ को शुल्क बृद्धि सम्बन्धि निर्णय खारेज भएपछि नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुले घोषणा गरेको आन्दोलन फिर्ता भएको छ । आन्दोलनरत अनेरास्ववियु र त्रिभुवन विश्वविद्यालयबीच चारबुँदे सहमति भएको छ।

आइतबार साँझ त्रिवि र अनेरास्ववियुबीच भएको सहमति अनुसार इन्जिनियरिङ अध्ययन संस्थानले बृद्धि गरेको शुल्क फिर्ता लिने, इन्जिनियरिङ विषय अध्ययन गर्न सबै क्षेत्रको पहुँच विस्तार हुनेगरि कर्णाली र मधेश प्रदेशमा श्रोतसाधन सम्पन्न क्याम्पसहरू स्थापना गर्न प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ ।

शुल्क बृद्धि खारेज गर्नुपर्ने माग राखेर नेविसंघ पुल्चोक क्याम्पसका सइकाइ सभापति शुलभ चापागाई ९ दिनसम्म आमरण अनसनमा समेत बसेका थिए ।

तपाईको प्रतिक्रिया