आइतबार २८ बैशाख २०८२
खेलकुद

क्यानको सचिवमा पूर्वकप्तान पारस खड्का निर्वाचित

शनिबार असोज ६, २०८०/ Saturday 09-23-23

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ क्यानको सचिव पदमा पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् ।

क्यानको आज भएको निर्वाचनमा प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै पूर्वकप्तान खड्का सचिव पदमा निर्वाचित भएका हुन् । उनले ८५ मध्ये ७५ मत गणना भइसक्दा ४३ मत प्राप्त गरे भने मल्लले ३२ मत पाए । मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।

सङ्घको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पद्म खड्का निर्विरोध निर्वाचित भए ।

महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध निर्वाचित भइन् । सदस्य पदमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीका श्रीधर केसी पनि सर्वसम्मत चयन भएका छन् ।

तपाईको प्रतिक्रिया