शुक्रबार २६ बैशाख २०८२
खेलकुद

प्रथम तार्केश्वर वडा स्तरीय फुटलब प्रतियोगिता सुरुः १६ टिमको सहभागिता

सोमबार असोज १५, २०८०/ Monday 10-02-23

काठमाडौं । समाजसेवा युवा क्लब द्वारा आयोजित प्रथम अन्तर वडा स्तरीय फुटलब प्रतियोगिता सुरु भएको छ ।
तार्केश्वर नगरपालिकाको सहयोगमा तार्केश्वर नगरपालिका वडा नं ८ पिपलडाँडा फुटबल खेलमैदानमा सोमबार देखि प्रतियोगिता सुरु भएको हो।

१६ टिमको प्रतिष्पर्धा रहने प्रतियोगिताको एक भव्य कार्यक्रमका बिच नगरप्रमुख कृष्णहरी महर्जनले रेफ्रिलाई बल हस्तान्तरण गर्दै शुभारम्भ गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख महर्जनले आफ्नो कार्यकालमा खेलकुदलाई विशेष प्राथामिकता दिने प्रतिवद्धता समेत जनाउनु भयो

असोज १५ देखि असोज २६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा पहिलो हुने टिमले रु ५० हजार र दोश्रो टिमले रु २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। 

तपाईको प्रतिक्रिया