शुक्रबार २६ बैशाख २०८२
समाज

भारत र पाकिस्तानमा रहेका नेपालीको ख्याल गर्न सभामुखको रुलिङ

शुक्रबार बैशाख २६, २०८२/ Friday 05-09-25

काठमाडौँ । सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबिचको तनावलाई दृष्टिगत गर्दै दुवै देशमा बस्ने नेपालीहरूको आवश्यक सुरक्षा लगायतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले भारत पाकिस्तान तनाव र नेपालीहरूको सुरक्षाका विषयमा सरकारलाई रुलिङ गर्न माग गरेका थिए । 

‘भारत पाकिस्तानको सिर्जित अवस्था र त्यहाँ बस्ने नेपालीहरूको सुरक्षा लगायतमा पर्न सक्ने सम्भावित समस्याप्रति आवश्यक व्यवस्थापन गर्न गराउन नेपाल सरकारको म ध्यानाकर्षण गराउँछु’, सभामुखले सरकारलाई निर्देशन दिए ।

तपाईको प्रतिक्रिया