शनिबार १२ श्रावण २०८१
जीवनशैली

मिस हेरिटेज इन्टरनेशनल २०२३ को तयारी पूरा

बिहीबार कार्तिक ३०, २०८०/ Thursday 11-16-23

काठमाडौं । सौन्दर्य प्रतियोगिता मार्फत् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचीमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रारम्भ भएको ‘हेरिटेज पेजेन्टस्’को २०२३ को संस्करणको तयारी पूरा भएको छ ।

ईप्लानेटको आयोजनामा यहि नोभेम्बर महिनामा थाइल्याण्डमा संचालन हुने यो अन्तर्राष्ट्रिय प्रतियोगिता सन्तोष सापकोटाको अध्यक्षतामा आयोजक टोली रहेको छ । कार्यक्रमको आधिकारिक कोरियोग्राफर नेपालका रोजिन शाक्य तथा मलेशिया का वेस्ली स रहनेछन् ।

कार्यक्रमको संयोजन सुसान सनफुर्मी कोहले गर्नेछन् । यस पटकको आयोजनामा सहभागि हुनाका लागि मिस तर्फ १८ देखि २८ वर्ष उमेर समूह भित्र तथा मिसेस् तर्फ २० देखि ४५ वर्ष उमेर समूह भित्रकाले सहभागिता जनाउन पाउने प्रावधान रहेको कुरा आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले जनाएका छन् ।

उनका अनुसार मिस हेरिटेज इन्टरनेशनल एउटा विशेष प्लेटफर्म हो जहाँ युवतीहरूले आफ्नो संस्कृति, परम्परा, रीतिरिवाज, कला, भाषा, जातीय इत्यादिका मानदण्ड र मूल्यहरू मार्फत आफ्नो मौलिकता र पहिचान खोज्न एक कदम अगाडि बढ्नेछन्। यो आफूलाई बुझ्ने अवसर नभई अरुलाई पनि बुझ्ने बाटो भएको उनको भनाइ छ ।

उनले भने,‘जहाँ क्रस कल्चुरलको माध्यमबाट आफू र अन्यका वीच सम्बन्ध स्थापित गर्न प्रयत्न हुनेछ । साँस्कृतिक गरिमा र महत्वलाई बुझ्दै त्यसलाई आत्मसात गरी यसको जर्गेना र प्रवद्र्धनमा आफ्नो भूमिका र जिम्मेवारीलाई सशक्त रुपमा प्रस्तुत गर्न अग्रसर हुनेछन् ।’

हेरिटेज पेजेन्ट एउटा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो जसले शान्ति, वातावरण, पर्यटन, संस्कृति र सबै भन्दा माथि विश्वव्यापी सम्पदालाई विश्वव्यापी परिप्रेक्ष्यबाट प्रवद्र्धन गर्ने प्रयास गर्ने सापकोटाले बताए ।

उनी भन्छन्,‘हेरिटेज पेजेन्ट्सले विभिन्न भौगोलिक पृष्ठभूमिका सुन्दरीहरुलाई साझा प्लेटफर्ममा ल्याउँछ । यसले विश्वका विभिन्न क्षेत्र र परिवेशका फरक फरक सांस्कृतिक पृष्ठभूमि भएका प्रतिनिधिहरूलाई एकअर्काबाट आदानप्रदान, अन्वेषण, अनुभव र सिक्ने अवसर प्रदान गर्दछ । कार्यक्रमले प्रतिनिधिहरू बीच मित्रता, अन्तर्राष्ट्रिय समझदारी र सद्भावना पनि बढाउँछ । यो कार्यक्रमको माध्यमबाट सम्पदा, पर्यटन, संस्कृति, जातीय, मानवीय मूल्य र मित्रताको समझदारीलाई प्रवद्र्ध्धन गर्ने एक विशेष विश्वव्यापी अभियान हो ।’

यस अघि ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’भन्ने मुल नाराका साथ ईप्लानेटको आयोजनामा नेपालमै पहिलोपटक अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेसल २०१४’ सफलता पूर्वक सम्पन्न भएको थियो । प्रतियोगिताको दोस्रो संस्करण सन् २०१५ मा भारतको नयाँ दिल्ली, तेस्रो संस्करण सन् २०१६ मा श्रीलंका, चौथौं संस्करण सन् २०१९मा सिंगापुर तथा पाँचौं संस्करण सन् २०२२ मा मलेशियामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया