बुधबार २ माघ २०८१
अनुसन्धान

खाँणसहितका अभियुक्तको मुद्दाको पेसी न्यायाधीशद्वय पाण्डे र खरेलको इजलासमा

मंगलबार मङ्सिर ५, २०८०/ Tuesday 11-21-23

काठमाडौँ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतलेदायर गरेको रिटको सुनुवाइकाे पेसी न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा परेको छ ।

नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध खाँणसहित १६ जनाले संयुक्त  निवेदन दिएका थिए। यसअघि पटक–पटक पेसीमा चढे पनि यो मुद्दाको सुनुवाइ हुन सकेको थिएन।

प्रतिवादीले जिल्ला अदालत काठमाडौंको थुनामा पठाउने निर्णय त्रुटिपूर्ण भएको दाबीसहित उच्च अदालत, पाटनमा निवेदन दिएका थिए। यो मुद्दामा पक्राउ परेका १९ जनामध्ये केशव तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा छुटेका थिए ।

अभियुक्तहरुविरुद्ध राज्यविरुद्धको अपराध, लिखत किर्ते, सङ्गठित अपराध तथा ठगी कसुरअन्तर्गतकोमुद्दा लगाइएको छ ।

नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा गत असार १ गते काठमाडौँ  जिल्ला अदालतले अभियुक्तहरूलाई थुनामा पठाउन आदेश गरेको थियो ।

तपाईको प्रतिक्रिया