काठमाडौं । काठमाडौं मलका व्यवसायीले काठमाडौं महानगरपालिका कार्यालयअगाडि विरोध प्रदर्शन गरेका छन् । सोमबार काठमाडौं महानगरपालिकाअगाडि भेला भई उनीहरूले प्रदर्शन गरेका हुन् ।
आन्दोलनको अगुवाई गरेका अभियान्ता कुमार सापकोटोले नगर प्रहरीले लुटको शैलीमा फुटपाथ व्यवसायीको सामान जफत गरेका कारण आन्दोलनमा उत्रिनु परेको बताए ।
‘उहाँहरुले सामान जफत गर्दा कतिजना फुटपाथ व्यवसायीहरुको गलामा लगाएको गहना, मोबाइल समेत हराएको छ । रोजीरोटी गर्ने साधन खोसिएको छ । यसकै विरोधमा आजको आन्दोलन हो,’ सापकोटाले भने ।
फुटपाथ व्यवसायलाई व्यवस्थित गर्न अभियान्ता ईःसँग सम्झौता गरेको महानगरले सम्झौता कार्यान्वयन गर्न बनाएको समिति अझै पूर्ण सक्रिय भएको छैन ।
महानगरले ईःसँग गरेको सम्झौता कार्यान्वयन कार्यदल समितिका सदस्य समेत रहेका सापकोटाले नगर प्रहरीको ज्यादतीविरूद्ध आन्दोलन निरन्तर गर्नेबारे छलफल भइरहेको बताए ।
तपाईको प्रतिक्रिया