रविको पक्षमा आन्दोलन गरिरहेका रास्वपा नेताहरूविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता हुने
काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता हुने भएको छ । उनीहरुविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता गर्न सर्वोच्च अदालतले अनुमति दिएको हो ।
न्यायाधीश विनोद शर्माको इजलासले मंगलबार यसअघि सर्वोच्च प्रशासनबाट दरपिठ गरेको निवेदन दर्ता गर्न आदेश गरेको हो । अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने,आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै सर्वोच्चमा अदालतको अवहेलना निवेदन पेस गरेका थिए ।
यसअघि अधिवक्ता भट्टराईले दायर गरेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो । सो दरपीडविरुद्ध उनी पुर्न सर्वोच्च पुगेका थिए । सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश शर्माले दरपीठको आदेश बदर गरिदिएका हुन् ।
यी हुन् अवहेलनामा विपक्षीहरू
तपाईको प्रतिक्रिया