अर्थ
सुनको मूल्य एकैदिन तोलामा २२ सयले घट्यो, आज कतिमा हुँदैछ किनबेच?
बिहीबार कार्तिक २९, २०८१/ Thursday 11-14-24
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुन–चाँदीको मूल्य घटेको छ।
आइतबार प्रतितोला पाँच सय रूपैयाँ, सोमबार प्रतितोला एक हजार रूपैयाँ, मंगलबार प्रतितोला दुई हजार चार सय रूपैयाँ, बुधबार प्रतितोला चार सय रूपैयाँ र बिहीबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ गरी यो पाँच दिनमा सुनको मूल्य प्रतितोला ६ हजार पाँच सय रूपैयाँ घटेको हो।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।
तपाईको प्रतिक्रिया