सोमबार १७ मङ्सिर २०८१
बिजनेस

एकै वर्ष छापियो ३५ करोड ३७ लाख थान नयाँ नोट

आइतबार मङ्सिर २, २०८१/ Sunday 11-17-24

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकै वर्ष ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोट छापेको छ । छापिएका ती नोट हाल बजारमा चलनचल्तीमा छन् ।

आर्थिक वर्ष २०८०/८१ मा ७३ अर्ब ९९ करोड ९० लाख बराबरका विभिन्न दरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोटहरू चलनचल्तीको लागि निष्काशन गरिएको केन्द्रीय बैंकले जानकारी दिएको हो ।

२०८१ असार मसान्तसम्ममा कुल ६ खर्ब ९० अर्ब १५ करोड रुपैयाँ बराबरका विभिन्न दरका नोटहरू चलनचल्तीमा रहेको पनि केन्द्रीय बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया