सोमबार १७ मङ्सिर २०८१
बिश्वो

रवि र साझेदार छविविरुद्ध काठमाडौंबाट पनि पक्राउ पुर्जी

आइतबार मङ्सिर २, २०८१/ Sunday 11-17-24

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

सहकारी संस्थाको बचत रकम हिनामिनामा मुछिएर गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको प्रकरणमा लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले आइतबार पक्राउ पुर्जी जारी गरेका हुन् ।

रविसँगै उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि काठमाडौं जिल्ला अदालतले पक्रा पुर्जी जारी गरेको छ ।

 

यससँगै २९ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका रविलाई अब जिल्ला प्रहरी परिसर काठमाडौंमा झिकाएर अनुसन्धान र बयान गराउने बाटो खुलेको छ ।

यसअघि लामिछानेविरुद्ध कास्की र रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी भएको थियो। उनलाई कास्कीबाट रुपन्देही लगेर तीन दिनसम्म बयान लिइएको थियो ।

 

तपाईको प्रतिक्रिया