शनिबार १२ श्रावण २०८१
बिश्वो

शाहबाज सरिफ बने पाकिस्तानको प्रधानमन्त्री

सोमबार फाल्गुण २१, २०८०/ Monday 03-04-24

काठमाडौं । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) नेतृत्वको गठबन्धनका संयुक्त उमेदवार शाहबाज शरिफ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । 

राष्ट्रियसभा वा संसद्को तल्लो सदनबाट आइतबार भएको मतदानमा पाकिस्तानको २४औँ प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका हुन् ।

राष्ट्रियसभाका सभामुख सरदार अयाज सादिकले आइतबारको मतदानमा तल्लो सदनको कुल २९३ मतमध्ये २०१ मत प्राप्त गरी पीएमएल–एनका अध्यक्ष शरिफले चुनाव जितेको घोषणा गरे ।

तपाईको प्रतिक्रिया