आइतबार २३ बैशाख २०८१
बिजनेस

रेमिट्यान्स बचत खाता खोल्दै हुनुहुन्छ? नबिल बैंकमा यस्ता छन् आकर्षक सुविधा

मंगलबार फाल्गुण २२, २०८०/ Tuesday 03-05-24

काठमाडौ‌।  नबिल बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी संचालनमा ल्याएको ‘नबिल प्रिमियम रेमिट्यान्स सेभिङ एकाउन्ट’ अब जुनसुकै देशबाट पनि खोल्न सकिने भएको छ। विदेशमा रहेकाहरुले नबिल बैंकको वेबसाईटमा अनलाईन आवेदन दिएपछि भिडियो कल मार्फत बैंकका प्रतिनिधीसंग कुरा गर्दै सजिलै रेमिट्यान्स बचत खाता खोल्न सक्ने भएका हुन्।

आप्रवासी कामदारहरुको लागि औपचारिक बैंकिङ च्यानल मार्फत छिटोछरितो एवं विश्वसनीय तरिकाले नेपालमा पैसा पठाउनका लागि शून्य मौज्दातमा खोल्न सकिने यो खाता बैंकले व्यक्तिगत बचत निक्षेपहरुको प्रकाशित व्याजदर मध्यको उच्च व्याजदर प्रदान गर्ने जनाएको छ। बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिनेछ ।  श्रम स्वीकृति (वर्क पर्मिट)  अनिवार्य हुनु पर्ने यो बचत खातामा एक प्रतिशत उच्च प्रतिफल प्राप्त हुनुका साथै अन्य थप आकर्षक सेवा सुविधाहरु पनि पाउन सकिन्छ।

यस्ता छन् आकर्षक सुविधाहरु 

१‍. उच्च ब्याज दर 

अन्य खाताको तुलनामा रेमिट्यान्स बचत खातामा १% बढि ब्याज  प्रदान गर्नु पर्ने राष्ट्र बैंकको निर्देशन भएकाले नबिल बैंकमा नबिल प्रिमियम रेमिट्यान्स बचत खाता खोल्ने ग्राहकले अन्य बचत खातामा भन्दा उच्च ब्याज पाउने छन्। अर्थात, नबिल बैंकमा रेमिट्यान्स बचत वा मुद्दती खाता खोल्ने ग्राहकले अन्य व्यक्तिगत बचतमा पाउँदै आएको व्याजदर मध्यको उच्च व्याजदर प्राप्त गर्ने छन्। 

२. जुनसुकै देशबाट खाता खोल्न सकिने 
नबिल बैंकले रेमिट्यान्स बचत खाता खोल्नका लागि बैंकमा सम्बन्धित व्यक्ति आईरहनुपर्ने झन्झटको पनि अन्त्य गरेको छ। श्रम स्वीकृति लिएर जुनसुकै देशमा वैदेशिक रोजगारिमा रहेकाहरुले अनलाईन प्राणाली मार्फत सजिलै खाता खोल्न सक्नेछन् । यसका लागि नबिल बैंकको वेबसाईट www.nabilbank.com मा गएर अनलाइन खाताका लागि आवेदन दिई भिडियो कल मार्फत बैंकका प्रतिनिधीहरुसंग प्रत्यक्ष कुरा गरि सजिलै  प्रिमियम रेमिट्यान्स बचत खाता खोल्न सकिन्छ।  

३. मोबाइल बैंकिङ सुविधा 
विश्वका जुनसुकै देशमा रहेका आप्रवासी कामदार नेपाली नागरिकहरुले  पहिलो वर्ष सम्पूर्ण मोबाइल बैंकिङ सेवा निशुल्क प्राप्त गर्ने छन् भने डेबिट कार्ड र  क्रेडिट कार्डमा पनि पहिलाे बर्ष शुल्क लाग्ने छैन।   

४. आईपिओ आवेदन र  डिम्याट खाताको सुविधा   
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारिमा गएका नेपालिहरुका लागि नेपाल सरकारले छुट्याईदिएको  १०% आईपिओ  कोटाका लागि यस खाता मार्फत सजिलै आईपिओ भर्न सकिन्छ। १० प्रतिशत आईपिओको आवेदन गरेबापत आवेदन शुल्क  रेमिट्यान्स बचत खाताबाट कट्टा हुन्छ । 

५. लकरमा ५०% छुट
यस बचत खाताका ग्राहकले आफ्ना महत्वपूर्ण कागजात तथा बहुमूल्य वस्तुहरुको सुरक्षाका लागि लकर सुविधा लिन चाहेमा लकर शुल्कमा ५० प्रतिशत छुट सुविधा पनि पाउन सक्ने छन्। 

सन् १९८४ मा स्थापित यस बैंकले हाल २४८ शाखा, २७१ एटिएम र २ हजार २ सय ३९ जना कर्मचारी मार्फत आफ्ना ग्राहकहरुलाई समयानुकुल सेवा प्रदान गर्दै आएको छ। बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ। 

तपाईको प्रतिक्रिया