शनिबार १२ श्रावण २०८१
ग्यालरी

पाँच महिनापछि दोस्रो चीन भ्रमणमा जाँदै उपप्रधानमन्त्री श्रेष्ठ, बीआरआई कार्यान्वयन सम्झौताको सम्भावना

बिहीबार चैत ८, २०८०/ Thursday 03-21-24

काठमाडौं । गत अक्टोबरमा चीनमा भएको तेस्रो बेल्ट एण्ड रोड फोरममा पुगेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीनको नयाँ भ्रमणमा जाने भएका छन् ।

उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठ आइतबार क्याङचाओमा उड्नेछन् भने सोमबार बेइजिङतर्फ प्रस्थान गर्नेछन् । मङ्गलवार उनको चिनियाँ समकक्षी वाङ यीसँग भेटघाट हुनेछ ।

बिहीबार र शुक्रवार उनी छोङछिङ तथा ल्हासामा हुनेछन् । शनिवार मानसरोबर जाने कार्यक्रम तय भएको छ भने आइतबार उनी चङ्तुमा पुग्नेछन् ।

सोमबार उनी त्यहीँबाट सीधा उडानबाट नेपाल आउनेछन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठको यो भ्रमणमा बीआरआई कार्यान्वयनका लागि केहि ठोस सम्झौता हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया