मंगलबार १ असोज २०८१
राजनीति

गोल्ड मेडलिस्ट डा. नारायण रेग्मीलाई पर्यटन विभाग महानिर्देशकको जिम्मेवारी

मंगलबार भदौ १८, २०८१/ Tuesday 09-03-24

काठमाडौं । सहसचिव डा. नारायणप्रसाद रेग्मीले पर्यटन विभाग महानिर्देशक जिम्मेवारी पाएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले सहसचिव डा. रेग्मीलाई पर्यटन विभाग महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

विभाग महानिर्देशक रुद्रप्रसाद पण्डितको सरुवा भएपछि विभागमा डा.रेग्मीलाई जिम्मेवारी दिएको हो । पढाईमा अब्बल डा.रेग्मी यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा थिए । केहि दिन अगाडी मात्रै डा. रेग्मीको सरुवा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको थियो ।

सहसचिव भएपछि उनले सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयमा प्रदेश सचिवका रुपमा काम गरेका थिए । सन् २०१० मा विज्ञान तथा प्रविधि मन्त्रालयमा योजना अधिकृतका रुपमा निजामती सेवा सुरु गरेका रेग्मीले पछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उपसचिवका रुपमा काम गरेका थिए ।

सहसचिवमा एक नम्बरमै नाम निकाल्न सफल भएपछि उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभाग, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरिसकेका छन् ।

उनले सन् २०१७ मा जर्मनीको म्युनिखस्थित लुडविग–म्याक्सिमिलियन्स युनिभर्सिटीबाट इन्क्लुजन (Ludwig-Maximilians University, Munich (Germany))मा विद्यावारिधि गरेका थिए । विद्यावारिधिमा समेत उनले युनिभर्सिटीमै गोल्ड मेडलिष्ट बन्न सफल भएका थिए । निजामती सेवामा प्रवेश गर्नुअघि उनी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया