मंगलबार १ असोज २०८१
मनोरन्जन

बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

शनिबार भदौ २२, २०८१/ Saturday 09-07-24

काठमाडौँ । बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी नेपाल आइपुगेका छन् । 

मीनबहादुर भामले निर्देशन गरेको चलचित्र ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन उनी शनिबार दिउँसो काठमाडौं आइपुगेका हुन्।

फिल्मको प्रिमियर भोलि हुँदैछ।  प्रिमियरमा नवाजुद्दीन विशेष अतिथिका रूपमा सहभागी हुनेछन्।

‘शम्बाला’ बर्लिन फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म बनेको थियो। हालै, यस फिल्मकी प्रमुख अभिनेत्री थिन्ले ल्हामोले लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी छन्। फिल्म नेपालमा भदौ २८ देखि प्रदर्शनमा आउँदैछ।

तपाईको प्रतिक्रिया