शनिबार १२ श्रावण २०८१
समाज

मेडिकल व्यवसायी विशाल पण्डितसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आइतबार चैत १८, २०८०/ Sunday 03-31-24

काठमाडौं । स्वास्थ्य सामग्री खरिदमा २ करोड ८९ लाख रुपैयाँ भ्रष्टाचार भएको हस्पिटेक इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विशाल पण्डितसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पण्डितका अलावा स्वास्थ्य निर्देशनालयका तत्कालीन निर्देशक चन्द्रदेव मेहतालगायतलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कोशी प्रादेशिक अस्पतालका लागि उपकरण खरिद गर्ने क्रममा कम कबोल गर्नेलाई ठेक्का नदिई बढी कबोल गर्ने पण्डितको कम्पनीलाई खरिदको जिम्मा दिइएको थियो । बसेरा होटलका मालिकसमेत रहेका पण्डित कोभिडको बेलामा ‍पनि मेडिकल सामग्री खरिदका क्रममा विवादमा आएका व्यक्ति हुन् ।

तपाईको प्रतिक्रिया