शनिबार १२ श्रावण २०८१
खेलकुद

आयरल्याण्ड ए माथि नेपालको रोमाञ्चक जित

सोमबार चैत १९, २०८०/ Monday 04-01-24

काठमाडौं । नेपाल ए ले तेस्रो टी-२० खेलमा आयरल्याण्ड ए माथि ३ रनको रोमाञ्चक जित हात पारेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याउने क्रममा वुल्भ्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१० रनमात्र बनाउन सक्यो ।

नेपालको यो जितसँगै तीन खेलको ट्वान्टी–२० शृंखला आयरल्यान्ड वुल्भ्सले २–१ ले आफ्नो पक्षमा पारेको छ ।

नेपाल सुरुवाती दुई खेल २१ रन र ४० रनले पराजित हुँदा सिरिज गुमाइसकेको छ । आयरल्याण्ड ए र नेपाल ए बीच अब एकदिवसीय सिरिज हुनेछ । पहिलो खेल बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ ।

तपाईको प्रतिक्रिया