शनिबार १२ श्रावण २०८१
जीवनशैली

३० उपसचिवको पदस्थापन, पाँच जना पहिलो पटकमै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

सोमबार चैत १९, २०८०/ Monday 04-01-24

काठमाडौं । सरकारले ३० जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त उपसचिवलाई विभिन्न निकायमा पदस्थापन गरेको हो ।
 

मन्त्रालयले गरेको पस्थापन सूची अनुसार पाँच जना उपसचिवलाई पहिलो पटक नै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

जसमा नारायणप्रसाद आचार्यलाई पर्वतको फलेबास नगरपालिकाको प्रमुख प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने धुब्रकुमार भण्डारीलाई भोजपुरको षडानन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

यस्तै उपसचिव घनश्याम गौतमलाई पर्वतको कुस्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने डिलबहादुर कार्कीको सुर्खेतको पञ्चपुरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

मन्त्रालयले उपसचिव भोजबहादुर भण्डारीलाई प्यूठानको स्वर्गद्धारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने बखतबहादुर खड्कालाई सुर्खेतकै लेकवेशी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

यस्तै खगेन्द्रप्रसाद भट्टलाई कञ्चनपुरको कृष्णपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ निलमकुमार न्यौपानेलाई कैलालीको भजनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

तपाईको प्रतिक्रिया