शनिबार १२ श्रावण २०८१
राजनीति

समाजवाद जन्मने सडकबाटै हो: प्रधानमन्त्री प्रचण्ड

मंगलबार चैत २०, २०८०/ Tuesday 04-02-24

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवाद सडकबाटै जन्मने बताएका छन्।

समाजवादी मोर्चाले मंगलबार आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले पुँजीवादी र प्रतिक्रियावादीहरूले जित्दै गए संविधान अझ प्रतिगामी हुँदै जाने खतरा रहेको पनि औंल्याए।

‘यो संविधान जो बनिएको छ, त्यो पूर्ण छ भनेर हामीले कहिले पनि भनेका छैनौं। यो सम्झौताकै दस्तावेज हो। यो संविधानमा थुप्रै पुँजीवादका विशेषताका छन्, थुप्रै समाजवादका विशेषता छन्। समाजवादी धारा र प्रवृत्तिका पार्टीहरूले जित्दै जाँदा संविधान समाजवादतिर अझ अग्रसर हुँदै जान्छ।

पुँजीवादी र प्रतिक्रियावादीहरूले जित्दै गए भने यो संविधान अझ पुँजीवादी र प्रतिगामी हुँदै जाने खतरा पनि छ। त्यसकारण हाम्रो जिम्मेवारी पनि छ, यो संविधानलाई बढीभन्दा बढी प्रगतिशील धारातिर बढाउनका लागि हामीले आपसी एकतालाई सुदृढ गर्दै इतिहासका अनुभवबाट शिक्षा लिँदै अगाडि जान जरूरी छ,’ उनले भने।

प्रधानमन्त्रीले जोखिम मोलेरै भए पनि देशभक्त वामपन्थीहरूलाई एक ठाउँमा ल्याउने जमर्को गरेको बताए।

तपाईको प्रतिक्रिया