शुक्रबार २ कार्तिक २०८१
राजनीति

बागमती प्रदेश: कांग्रेसको तर्फबाट चार मन्त्रीले लिए शपथ

शनिबार श्रावण १२, २०८१/ Saturday 07-27-24

काठमाडौ । नेपाली कांग्रेसबाट चारजना नयाँ मन्त्रीहरुको शपथग्रहण सम्पन्न भएको छ । योसँगै बहादुर सिंह लामाको नेतृत्वमा १४ सदस्यीय मन्त्रीमण्डल निर्माण भएको छ ।

आज कांग्रेसको तर्फबाट हरिप्रभा खड्की, विमल ठकुरी, सुरेशचन्द्र लामिछाने र मिनकृष्ण महर्जनले शपथग्रहण गरेका हुन् ।

खड्किलाई सामजिक विकास, लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, महर्जनलाई युवा तथा खेलकुद , ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघि मन्त्री बनेका कुन्दनरज काफ्लेलाई आर्थिक मामिला तथा योजना मन्त्रालय , श्याम बहादुर खड्कालाई खानेपानी उर्जा तथा सिंचाई मन्त्रालय र मदुकुमार श्रेष्ठको जिम्मेवारीपछि तोकिने बताइएको छ ।

तपाईको प्रतिक्रिया