शनिबार १२ श्रावण २०८१
राजनीति

कांग्रेसको अवरोधपछि मंगलबारसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित

सोमबार जेठ ७, २०८१/ Monday 05-20-24

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधसँगै राष्ट्रियसभा बैठक स्थगित भएको छ । सोमबारको राष्ट्रिय सभा बैठकमा पनि कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएपछि बैठक स्थगित भएको हो । 

कांग्रेसको विरोधपछि बैठक मंगलबार दिउँसो १ बजेर १५ मिनेटसम्मका लागि स्थगित भएको छ । सो क्रममा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक अवरुद्ध हुँदा काम कारबाही अघि बढ्न नसकेको र प्राप्त उपलब्धिहरूमाथि औंला ठड्याउने काम भइरहेको बताए । 

उनले राष्ट्रियसभा सबै समस्या हल गर्ने थलो भएकाले आसन ग्रहण गरेर बैठक सञ्चालन गर्न दिन आग्रह गरे । अध्यक्षको आग्रहपछि पनि कांग्रेसले उठेर विरोध जनाएपछि बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको घोषणा अध्यक्ष दाहालले गरे ।

तपाईको प्रतिक्रिया