शनिबार १२ श्रावण २०८१
प्रविधी

वैदेशिक रोजगार विभागबाट सञ्चालित फेमिस प्रणालीमा समस्या

मंगलबार जेठ ८, २०८१/ Tuesday 05-21-24

काठमाण्डौ ।  वैदेशिक रोजगार विभागबाट सञ्चालित वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा समस्या आएको छ । फेमिस प्रणालीको सर्भरमा प्राविधिक समस्या आएपछि दैनिक प्रवाह हुने श्रम स्वीकृतिलगायतका सेवा नियमित हुन नसकेको विभागले जनाएको छ ।

समस्या समाधानका लागि प्राविधिक टोलीले काम गरिरहेको विभागले निकालेको सूचनामा उल्लेख छ । फेमिसमा समस्या आउँदा श्रम स्वीकृति लिनेहरू मर्कामा परेका छन् । यसअघि पनि फेमिसमा समस्या आउने गरेको थियो । जसले गर्दा श्रम स्वीकृति लिनेहरू वैदेशिक रोजगार कार्यालयसम्मै धाउन बाध्य थिए । 

तपाईको प्रतिक्रिया