शनिबार १२ श्रावण २०८१
राजनीति

कर्णालीका नवनियुक्त कृषिमन्त्री शाहले लिए शपथ

बुधबार जेठ ९, २०८१/ Wednesday 05-22-24

काठमाडौं। नेकपा एमालेका सांसद विनोदकुमार शाहले कृषि मन्त्रालय नै लिएका छन्। यसअघि आफैले शपथ बहिष्कार गरेको उक्त मन्त्रालयमा बुधबार उनी नियुक्त भएका हुन्।

शाहले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री यमलाल कँडेलले शाहलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीमा नियुक्त गरेका हुन् ।

शाह शपथ बहिष्कार गरेर केन्द्रका नेतासँग छलफल गर्न काठमाडौँ गएका थिए । तर, पार्टी केन्द्रले कुनै निर्देशन नदिएपछि मुख्यमन्त्री कँडेलले शाहको नाम मन्त्रीको लिस्टबाट हटाएर उक्त मन्त्रालय आफैसँग राखेका थिए ।

शपथ बहिष्कार गरेको २२ औं दिनमा फेरि शाहले सोही मन्त्रालयमा चित्त बुझाएका छन् । उनले आजै प्रदेश प्रमुख तिकल परियारसमक्ष शपथ लिएका छन् ।

तपाईको प्रतिक्रिया