शनिबार ८ असार २०८१
खेलकुद

एनटिए मास्टर्स  ट्रायथलन तार्केश्वरमा हुने

शुक्रबार जेठ ३२, २०८१/ Friday 06-14-24

काठमाडौं। तार्केश्वर नगरपालिकामा शनिबार एनटिए मास्टर्स  ट्रायथलन प्रतियोगिता हुने भएको छ।

नेपाल ट्रायथलन एसोसियसन (एनटिए) र बाग्मती प्रदेश ट्रायथलन  संघको आयोजनामा ओलम्पिक सप्ताह को सेलिब्रेसन स्वरुप प्रतियोगितको आयोजना गर्न लागिएको हो। 

तार्केश्वर नगरपालिका ०८ स्थित टुसाल मल्टि भेन्यूबाट सुरु हुने प्रतियोगितामा २५० मिटर पौडी, ५ किलोमिटर साईकल दौड र २ किलोमिटर दौड हुनेछ ।  प्रतियोगितामा ३० वर्ष भन्दा बढि उमेर समुहका  पुरुष तथा महिला प्रतिस्पर्धीको सहभागिता रहने बताईएको छ। 

प्रतियोगितामा नेपाली,विदेशी र संघका पदाधिकारीहरुको समेत सहभागिता हुने  नेपाल ट्रायथलन एसोसियसनका महासचिव युवराज सुनुवारले  जानकारी दिए ।

 प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले मेडल,ट्रफि र सम्मानपत्र प्राप्त गर्नेछन्।   स्विमिङ टुसाल मल्टिभेन्यूमा हुनेछ भने दौड टुसाल,नागपोखरी मनमैजु मन्दिर हुँदै मनमैजु नासलथान पुगेर समापन हुनेछ । 

तपाईको प्रतिक्रिया