शनिबार ८ असार २०८१
जीवनशैली

ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्धको विश्व चेतना दिवस मनाइँदै

शनिबार असार १, २०८१/ Saturday 06-15-24

काठमाण्डौ । आज १५ जुन अर्थात् १९ औँ ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्धको विश्व चेतना दिवस मनाइँदैछ । यस वर्ष सङ्कटको समयमा ज्येष्ठ नागरिकलाई संरक्षण र समर्थन महत्वपूर्ण आवश्यकता रहने कुरालाई जोड दिइएको छ ।

जेष्ठ नागरिकमाथि हुने दुर्व्यवहार विरुद्धको रोकथाम गर्ने अन्तर्राष्ट्रिय सञ्जालले सन् २००६ देखि हरेक वर्ष जुन १५ तारिखलाई ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको विश्व चेतना दिवस विभिन्न कार्यक्रम गरेर मनाउन थालेको हो । नेपालले यो दिवस सन् २०१२ देखि मनाउन शुरु गरेको हो ।

दिवसको अवसरमा शुभकामनामार्फत् महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सम्पूर्ण ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गरी मातृदेवो भवः पितृ देवो भवःको भावना जागृत गर्न सबैमा आह्वान गर्नुभएको छ । उहाँले ज्येष्ठ नागरिक पथ प्रदर्शक र अमूल्य निधि भएको बताउँदै ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्ताले ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो ।

हरेक घरपरिवारमा ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने वातावरण सिर्जना गरी सरल, सहज जीवनयापन गर्न, सबै प्रकारका दुर्व्यवहारको अन्त्य र सम्मानजनक व्यवहारको आवश्यकता भएकाले सरकारले ज्येष्ठ नागरिकको लागि नीतिगत व्यवस्था गरेको उहाँको भनाई छ । 

तपाईको प्रतिक्रिया