शनिबार ८ असार २०८१
अर्थ

सातै प्रदेशका सरकारको बजेट आज सार्वजनिक हुँदै

शनिबार असार १, २०८१/ Saturday 06-15-24

काठमाडौँ । आज सात वटै प्रदेशले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट ल्याउने भएका छन् । नेपालको संविधान, २०७२ को संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारहरूले असार १ गते बजेट ल्याउनै पर्छ ।

चालु आवका लागि सात प्रदेशले तीन खर्ब बराबरको बजेट ल्याएका थिए । प्रदेशका आर्थिक मामिला मन्त्रालयले आज बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् ।

कोशी प्रदेशले ३६ अर्ब २४ करोड ३५ लाख, लुम्बिनी प्रदेशले ४० अर्ब ४७ करोड ९७ लाख, गण्डकी प्रदेशले ३३ अर्ब ४२ करोड ७२ लाख, सुदूरपश्चिम प्रदेशले २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट प्रस्तुत गरेका थिए ।

चालु आवमा सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेशले ६२ अर्ब ७० करोड बराबरको बजेट ल्याएको थियो । मधेस प्रदेशले रु ४४ अर्ब ११ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो ।

सङ्घीय सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदान प्रदेशका लागि ६० अर्ब उपलब्ध गराउने भएको छ । सशर्त अनुदान प्रदेशका लागि २५ अर्ब ८४ करोड, पूर्वाधारका आयोजना कार्यान्वयनका लागि समपूरक अनुदान छ अर्ब २० करोड उपलब्ध गराउने छ ।

तपाईको प्रतिक्रिया