शनिबार ८ असार २०८१
अर्थ

घट्यो मधेशको बजेट आकार, ४३ अर्ब ८९ करोड अनुमान

शनिबार असार १, २०८१/ Saturday 06-15-24

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४३ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।

मधेश प्रदेश सभामा प्रदेशका अर्थमन्त्री भरत साहले आगामी आर्थिक वर्षका लागि कुल ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँ को बजेट प्रस्तुत गरेका हुन् ।

सरकारले चालू आर्थिक तुलनामा आगामी आर्थिक वर्षको बजेट करिब २२ करोड रुपैयाँले घटाएकाे छ । चालु आर्थिक वर्षका लागि ४४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको थियो ।

प्रदेश सरकारले ल्याएको बजेटमध्ये चालू खर्चतर्फ १६ अर्ब ७ लाख १ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार रुपैयाँ राखिएको छ ।

तपाईको प्रतिक्रिया