आइतबार १६ असार २०८१
राजनीति

असारे विकास गर्ने प्रवृत्तिको अन्त्य होस् : सांसद पौडेल

बिहीबार असार १३, २०८१/ Thursday 06-27-24

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले आर्थिक वर्षको अन्तिम असारमा मात्रै विकास निर्माणको काम गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्नुहुँदै सांसद पौडेलले आर्थिक वर्ष सकिने बेलामा असार महिनामा मात्रै विकास निर्माणको काम सम्पन्न गर्ने प्रवृत्ति रहेको बताउनुभएको हो ।

उहाँले अघिपछि बिस्तारै काम गर्ने र आर्थिक वर्ष सकिने बेलामा बिल फर्स्यौटका लागि छिटोछिटो काम सम्पन्न गर्ने गरिएको भन्दै त्यस प्रकारको प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले यस्तो प्रवृत्ति अन्त्यका लागि सम्बन्धित मन्त्रालयहरूलाई ध्यानाकर्षण गराउनुभयो ।

सांसद पौडेलले विपद् पूर्वतयारीमा सरकारको काम अपूर्ण रहेको भन्दै स्रोत, साधन र जनशक्तिको पर्याप्त व्यवस्थासहितको तयारी गर्न आग्रह गर्नुभयो । उहाँले राजनीतिक दलका कार्यकर्ताहरूलाई पनि विपद् व्यवस्थापनमा परिचालन गर्नुपर्ने बताउनुभयो ।

सांसद पौडेलले गृह मन्त्रालयले घटना हुनासाथ तत्काल उद्धार गर्न सकिने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले दुध र उखु किसानहरूको पैसा तत्काल भुक्तानी गर्न पनि सरकारलाई आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया