मंगलबार १८ असार २०८१
खेलकुद

टी-२० विश्वकप फाइनल : भारतले टस जितेर पहिला ब्याटिङ रोज्यो

शनिबार असार १५, २०८१/ Saturday 06-29-24

 काठमाडौं । भारतले आईसीसी टी-२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।बार्बाडोसमा भएको टसमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । दुबै टोलीले आफ्नो प्लेइङ ११ मा परिवर्तन गरेका छैनन् ।पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो फाइनलमा पुगेको थियो ।

भारतले दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । भारत तेस्रो र दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेका हुन् ।भारतले सन् २००७ को टी-२० विश्वकप फाइनलमा पाकिस्तानलाई ५ रनले हराउँदै उपाधि जितेको थियो ।

सन् २०१४ को टी-२० विश्वकप फाइनलमा भारत श्रीलंकासँग ६ विकेटले हारेको थियो । उता दक्षिण अफ्रिका कुनै पनि विश्वकपको पहिलो पटक फाइनल खेल्दैछ।जारी विश्वकपमा दक्षिण अफ्रिका ८ र भारत ७ खेलमा अपराजित छन् । समूह ए मा भारतले आयरल्यान्डलाई ८ विकेट, पाकिस्तानलाई ६ रन र अमेरिकालाई ७ विकेटले हराएको थियो । क्यानडासँग वर्षाको कारण १-१ अंक बाँडेको थियो । सुपर-८ मा भारतले अफगानिस्तानलाई ४७ रन, बंगलादेशलाई ५० रन र अष्ट्रेलियालाई २४ रनले हराएको थियो ।

उता दक्षिण अफ्रिकाले समूह चरणमा श्रीलंकालाई ६ विकेट, नेदरल्यान्ड्सलाई ४ विकेट, नेपाललाई १ रन र बंगलादेशलाई ४ रनले हराएको थियो । सुपर सिक्समा इंग्ल्यान्डलाई ७ रन, वेष्टइण्डिजलाई ३ विकेट र अमेरिकालाई १८ रनले हराएको थियो ।

 

तपाईको प्रतिक्रिया