बिहीबार २० असार २०८१
समाज

विमान सम्पर्कविहीनको हल्ला फैलाउनेविरुद्ध कानुनी कारबाहीमा जान्छौं : तारा एयर

सोमबार असार १७, २०८१/ Monday 07-01-24

काठमाडौं । तारा एयरले पोखराबाट जोमसोमका लागि उडेको आफ्नो विमान सम्र्पकविहीन भएको भन्दै झुटो हल्ला फैलाइएको जनाएको छ । आज (सोमबार) विज्ञप्ति जारी गर्दै कम्पनीले केही गलत मनसायका व्यक्तिले झुटो हल्ला फैलाएको उल्लेख गरेको छ । 

गलत सूचना फैलाउनेविरुद्ध कानुनी कारबाही अघि बढाउने कम्पनीले चेतावनी दिएको छ । ‘गलत समाचार सम्प्रेषण गर्ने तथा बदनियतपूर्वक सामाजिक सञ्जालमा राख्नेविरुद्ध कानुनी कारबाही अगाडि बढाउने समेत सूचित गरिन्छ’, तारा एयरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया