बिहीबार २० असार २०८१
समाज

कक्षा ११ मा छात्रवृत्ति बाँड्न कामपाले माग्यो अनलाइन आवेदन

शुक्रबार असार १४, २०८१/ Friday 06-28-24

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफूअन्तर्गतका संस्थागत शिक्षा संस्थामा कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीसँग आवेदन माग गरेको छ ।

महानगरपालिकाले शुक्रबार एक सूचना जारी गरी असार १५ देखि आगामी असार २९ सम्म अनलाइमार्फत आवेदन भर्न अनुरोध गरेको छ ।

महानगरपालिकाका अनुसार परीक्षा प्रणालीबाट छात्रवृत्तिका लागि आवेदन दिएकाहरूको नामावली छनोट गरिनेछ ।

कक्षा १० को पाठ्यक्रममा आधारित भएर १० वटा बहुवैकल्पिक प्रश्न परीक्षामा सोधिने छ । परीक्षा आगामी साउन ४ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।

छात्रवृत्ति कोटा र परीक्षा केन्द्रबारे भने केही खुलाइएको छैन । महानगरपालिकाका अनुसार, यससम्बन्धी अन्य विवरण पछि प्रकाशित हुनेछ ।

तपाईको प्रतिक्रिया