आइतबार २३ भदौ २०८१
राजनीति

टीआरसी सहजीकरण कार्यदलले सरोकारवालाको राय लिएर प्रतिवेदन तयार गर्ने

शुक्रबार श्रावण ११, २०८१/ Friday 07-26-24

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलले निर्णय गर्नुअघि सरोकारवालाहरूसँग छलफल गर्ने भएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको बैठकले सरोकारवालासँग छलफल गरेर सोमबार बस्ने कार्यदलको सदस्य जनार्दन शर्माले जानकारी दिए । 

कांग्रेस, एमाले र माओवादीका एकएक नेता रहेको कार्यदलको शुक्रबार बसेको बैठकमा सोमबार कानुनमन्त्री र सचिव, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव लगायतका सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।

‘सैद्धान्तिक रूपले टुङ्ग्याउने सहमति भएको छ । नमिलेको विषयमा नेतृत्व समक्ष प्रतिवेदन बुझाउने गरी काम भइरहेको छ । व्यवहारिक रूपले शब्दहरू मिलाउने काम बाँकी छ । सरोकारवालासँग थप परामर्श गरेर सोमबार बस्ने गरी बैठक सकिएको छ’, बैठकपछि शर्माले भने । 

तपाईको प्रतिक्रिया