बिहीबार २७ भदौ २०८१
राजनीति

द्वन्द्वका सबै पक्षले न्यायको अनुभूति गर्ने देउवाको विश्वास

बुधबार श्रावण ३०, २०८१/ Wednesday 08-14-24

काठमाडौँ  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टीआरसी विधेयक कानुनमा परिणत भएपछि द्वन्द्वका सबै पक्षले न्यायको अनुभूति गर्ने विश्वास व्यक्त गरेका छन् ।

बुधवार प्रतिनिधिसभाको बैठकमा टीआरसी विधेयकमाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले  सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने बिन्दुमा अन्तर्राष्ट्रिय जगतले समेत नियालिरहेको बताए ।

उनले विभिन्न अन्तर्राष्ट्रिय कानुनलाई समेत मध्यनजर गरेर विधेयक अगाडि बढाइएको भन्दै शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न लागि परेको बताए ।

तपाईको प्रतिक्रिया