काठमाडौँ । नेपाल प्रहरीका ५८७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरूवा भएको छ।
आइतबार साँझ प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको निर्णयअनुसार ५८७ जना प्रहरी निरीक्षकको सरूवा भएको हो।
सरुवाको पहिलो सूचीमा रहेका अक्षयकुमार राउवलको काठमाडौंमा सरुवा गरिएको छ। त्यसैगरी दोस्रो नम्बरमा रहेका अच्युत गिरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवन्ध तथा भण्डार शाखामा सरुवा गरिएको छ।
उनीहरूको तलबभत्ता पनि हालको सरूवा भएको दरबन्दीबाट पाउने गरी सरूवा भएको हो।
तपाईको प्रतिक्रिया