बिहीबार ३ असोज २०८१
राजनीति

संसद्को अवरोध हट्यो, प्रधानमन्त्रीलाई माओवादीले सम्बोधन गर्न दिने

सोमबार भदौ ३१, २०८१/ Monday 09-16-24

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सोमबार प्रतिनिधिसभा बैठक सञ्चालनमा सहयोग गर्ने भएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादीले बैठक चल्न दिने जानकारी गराएको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा आफुहरु हिंसा शब्द हटाउनुपर्छ भन्ने पक्षमा भएपनि प्रधानमन्त्रीलाई सदनमा बोल्न दिने विषयमा बाधा नगर्ने बताए ।

 

तपाईको प्रतिक्रिया