बिहीबार ३ असोज २०८१
राजनीति

समितिबाट सहकारी छानबिन प्रतिवेदन पारित, प्रतिनिधिसभामा पेस हुँदै

सोमबार भदौ ३१, २०८१/ Monday 09-16-24

काठमाडौँ । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै तयार भएको प्रतिवेदन पारित भएको छ । उक्त प्रतिवेदन जारी प्रतिनिधि सभाको बैठकमा सभापति सूर्य थापाले पेस गर्नेछन् ।

आज बसेको बैठकबाट हस्ताक्षर भएसँगै आजै प्रतिवेदनमाथि प्रतिनिधि सभा बैठकमा पेस हुनेछ । समितिले रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगीमा दोषी भएको निष्कर्ष निकालेको छ । समितिले लामिछानेसहित ९ जनालाई कारबाहीको लागि सिफारिससमेत गरेको स्रोतले जनाएको छ ।

‘समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले प्रतिवेदनले सहकारीसँग सम्बन्धित तमाम समस्या हल गर्न मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे । ‘सहकारी समस्यालाई हामीले पार्टीभन्दा माथि उठेर विकराल राष्ट्रिय समस्याका रुपमा लिएका छौं । त्यसरुपमा हामीले गम्भीरतापूर्वक आत्मसात गरेका छौं । यसमा अपचलनका, ठगीका, दुरुपयोगका अनेकखाले प्रवृत्तिका बारेमा हामीले छलफल गरेका छौं,’– सभापति थापाले भने ।

 

तपाईको प्रतिक्रिया