बिहीबार ११ पौष २०८१
खेलकुद

एसिसी यु–१९ एसिया कप खेल्न युएई जाने टोलीको बिदाइ

मंगलबार मङ्सिर ११, २०८१/ Tuesday 11-26-24

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्सिर १४ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु–१९ एसिया कप क्रिकेट खेल्न जाने टोलीको बिदाइ गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, क्यानका उपाध्यक्ष दिवाकर घले, सचिव पारस खड्कालगायतले खेलाडीको बिदाइ गर्नुभयो । एसिया कपमा लागि क्यानले यसअघि नै हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसकेको छ । टोलीको उपकप्तानमा अर्जुन कुमाल रहनुभएको छ ।

अन्य खेलाडीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार हुनुहुन्छ । टोलीको प्रमुख प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धीरेन्द्र चन्द रहनुभएको छ । 

तपाईको प्रतिक्रिया