
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहमतिअनुसार नै अघि बढ्ने बताएका छन् । बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो जिकिर गरेका हुन् ।
उनले आफू मन्त्री बनेको १० महिना भएको उल्लेख गरे । १० महिनाको समय धेरै नरहेको उनले बताए ।
उनले विगतमा १० महिनामा सरकार परिवर्तन भएका स्मरण गरे । वर्तमान सरकार १० महिनामै नफेरिने उनले बताए । यस्ता १० महिना तीन/चार अरू पनि कट्ने उनको भनाइ थियो ।
गृहमन्त्री लेखकले भने, ‘यसपालि दसै महिनामा सरकार फेरिँदैन । यस्ता १० महिना हामी तीन, चार वटा अरू व्यहोर्छौँ । त्यसो भएको हुनोले १० महिना धेरै भएन ।’
गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायका सम्बन्धमा कानूनलाई पूर्णता दिएको बताए । उनले कानूनको अपूर्णताका कारण कामहरू अवरुद्ध भएको बताए । ९ महिना यताको समयमा आफूहरूले कानूनलाई पूर्णता दिएको उनको भनाई थियो ।
तपाईको प्रतिक्रिया