काठमाडौं । नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा एकीकृत समाजवादीसँग वार्ता गर्न वार्ताटोली गठन गरेका छन् । गौतमले आज डीबी कार्कीको नेतृत्वमा भगवती विष्ट र लोकनाथ धमला सदस्य रहेको तीन सदस्यीय टोली गठन गरेका हुन् ।
यो वार्ता समितिले पार्टी एकताको सैद्धान्तिक–राजनीतिक र संगठनात्मक एकीकरणको विषय टुंग्याउने उनले जानकारी दिए । एकीकृत समाजवादीले पनि माधवकुमार नेपाल, प्रमेस हमाल र बलराम बाँस्कोटा रहेको वार्ता टोली गठन गरेको छ । बुधबार यी दुवै टोलीले वार्ता गर्ने तय भएको छ ।
एमाले विभाजनपछि नेकपा एकता अभियानको संयोजक बनेका थिए । केही दिनमै उनी एकीकतृ समाजवादी प्रवेश गर्ने तयारीमा लागेका छन् । एकीकृत समाजवादीमा उनी तेस्रो वरीयता लिएर प्रवेश गर्ने बताईएको छ ।
तपाईको प्रतिक्रिया