बुधबार १० पौष २०८१
अर्थ

नेप्से परिसूचक २६ सय विन्दुमाथि, बढ्यो कारोबार

मंगलबार पौष ९, २०८१/ Tuesday 12-24-24

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार १४ अंकले बढेको छ । बजार परिसूचक १४.११ अंकले बढेको हो । समग्र बजार मापक परिसूचक २६२६.३१ विन्दुमा कायम छ ।

यस दिन बजारसँगै १६७ कम्पनीको सेयर मूल्य बढेको छ । ७१ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त, समुदायिक लघुवित्तको सेयर मूल्य सकारात्मक ‘सर्किट लेभल’मा कारोबार भएको छ । ङादी हाइड्रो,  सप्तकोसी विकास बैंक, धौलागिरि लघुवित्त, जोशी हाइड्रो उच्च कमाउने शीर्ष स्थानमा रहे ।

बजारसँगै कारोबार रकम पनि बढेको छ । पाँच अर्ब २० करोड २२ लाख ६३ हजार ३८ रुपैयाँबराबरको एक करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयर खरिद–बिक्री भएको छ ।

समूहगत उपसूचकतर्फ म्यानिफ्याक्चरिङ एन्ड प्रोसेसिङ २.३२ र टे«डिङ ०.४५ प्रतिशतले घट्दा बाँकी ११ समूहको सेयर मूल्य बढेको छ । समूहतर्फ सबैभन्दा बढी विकास बैंकको सेयर मूल्य बढेको छ ।

तपाईको प्रतिक्रिया