शुक्रबार ४ माघ २०८१
समाज

३७ लाख धरौटी बुझाएर छुटिन् लिला

शुक्रबार पौष २६, २०८१/ Friday 01-10-25

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लीला पछाईं पनि धरौटी बुझाएर शुक्रबार रिहा भएकी छन् । जिल्ला अदालत कास्कीले उनलाई ३७ लाख रुपैयाँ धरौटी तोकेको थियो ।

बिहीबार कास्की जिल्ला अदालतले उनीसँग ३७ लाख धरौटी मागेको थियो । अन्य ६ जना बिहीबार नै धरौटी बुझाएर रिहा हुँदा लीलाले भने बुझाएकी थिइनन् । उनी आज धरौटीमा बुझाएर रिहा भएको अदालत स्रोतले जनाएको छ ।

उनले सहकारीका अध्यक्ष जीबी राईसँग मिलेर सहकारीको ३ करोड रुपैयाँ भन्दा धेरै रकम आफ्नो बैंक खातामा राखेको देखिएको भन्दै प्रहरीले गत असोज १५ गते पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया