बुधबार २३ माघ २०८१
खेलकुद

थाइल्यान्डले दियो नेपाललाई १०७ रनको लक्ष्य

मंगलबार माघ २२, २०८१/ Tuesday 02-04-25

काठमाडौं । त्रिदेशीय महिला टी–२० आई श्रृङ्खलामा नेपालले शीर्षस्थानमा रहेको थाइल्याण्डबाट १०७ रनको लक्ष्य पाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थाईल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०६ रन जोड्यो । उसका लागि चनिदा सुथिरुआङले २७ तथा थिपाट्चा पुथोवोइनले २५ रन जोडिन् ।

बलिङतर्फ नेपालकी मनिषा उपाध्यायले ४ ओभरमा १ मेडनसहित १८ रन दिएर ३ विकेट चट्काईन् । पूजा महतो र रचना चौधरीको नाममा समान १ विकेट रह्यो ।

लगातार तेस्रो हार व्यहोरेको नेपाल प्रतियोगितामा पहिलो जित निकाल्न चाहन्छ । तर अपराजित रहेको थाइल्याण्डसामु नेपालका लागि त्यति सहज भने छैन । शृङ्खलामा लगातार तेस्रो जित हात पारेको थाइल्याण्ड ६ अंकसहित शीर्ष स्थानमा छ ।

नेदरल्याण्ड्सले चार खेलमा ४ अंक जोड्दा नेपाल भने अंकविहीन छ । आजको खेलमा नेपाल पराजित भएमा शृंखला जित्ने सम्भावना सकिनेछ ।

तपाईको प्रतिक्रिया