बुधबार २३ माघ २०८१
समाज

बेलायती राजकुमार पनि आइपुगे नेपाल

मंगलबार माघ २२, २०८१/ Tuesday 02-04-25

काठमाडौं । बेलायतका राजकुमार एवं एडिनबर्गका ड्युक एड्वार्ड काठमाडौं आइपुगेका छन्।

मंगलबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। उनी भारत भ्रमण सकेर काठमाडौं आएका हुन्। 

उनलाई परराष्ट्र सचिव अमृत राईले स्वागत गरे।

त्यस्तै मंगलबार बिहान उनकी श्रीमती एडिनबर्गकी डचेस सोफी पनि काठमाडौं आइसकेकी छन्। 

उनीहरूको निजी भ्रमणमा नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा दिनेछन्। उनीहरूलाई ‘ख श्रेणी’को सुरक्षा व्यवस्‍था मिलाइएको छ।

उनीहरू भोलि काठमाडौंस्थित माइती नेपालमा जाने कार्यतालिका छ। त्यस्तै, दम्पत्तिले पोखराको घान्द्रुक घुम्ने, अन्नपूर्ण हिमश्रृ‌ंखला हेर्ने, र ब्रिटिश गोर्खाको क्याम्पमा जाने तालिका रहेको छ।

तपाईको प्रतिक्रिया