अर्थ
सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ८ अर्बमा झर्यो
मंगलबार माघ २२, २०८१/ Tuesday 02-04-25
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार १४.०८ अंकले घटेर बन्द भएको छ । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ ।
अघिल्लो दिन ११ अर्ब ८७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९१ करोडमा सीमित भयो ।यस दिन नेप्से परिसूचक ०.५१ प्रतिशतले घटेर २७१५.९१ विन्दुमा बन्द भएको छ ।
कारोबारमा आएका १३ मध्ये हाइड्रोपावर र ‘अन्य’ समूहको परिसूचक बढेको छ । बाँकी ११ समूहको परिसूचक घटेको छ । हाइड्रोपावर समूहको परिसूचक ०.१५ प्रतिशतले बढेको छ । ‘अन्य’ समूहको परिसूचक ०.४३ प्रतिशतले वृद्धि भएको छ ।
७१ कम्पनीको सेयर मूल्य बढेको छ । १६२ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य स्थिर छ ।
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
तपाईको प्रतिक्रिया